

अछाममा ट्याक्टर दुर्घटना, एउटै वडाका ५ जनाको मृत्यु, ३ घाइते (नामसहित)

अछाम । अछामको मेल्लेखमा भएको ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन साउदका अनुसार उक्त दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको सु.प्र. ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका प्रहरी निरीक्षक साउदले बताए ।
मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।