

सशस्त्र गोताखोर परिचालन गर्दै सुनकोशीमा डुबेका बालबालिकाको खोजी जारी

विराटनगर । हिजो साँझदेखि सुनकोसी नदीमा गएका ३ जना बालबालिका अझै भेटिएका छैनन् । होली खेलेर नुहाउन सुनकोशी नदीमा पौडी खेल्ने क्रममा उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङघाटबाट आइतबार दिउँसो तीन बालबालिका बेपत्ता थिए ।
आइतबार नभेटिएपछि सशस्त्र प्रहरी बलले सोमबार बिहानैदेखि उनीहरूको खोजीका लागि गोताखोर टीम परिचालन गरेको छ ।
पौडी खेल्न गएका १२ वर्षीया रेखा मगर, रिदम मगर र लोकबहादुर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
केही बालबालिकालाई भने जीवितै उद्धार गरिएको थियो ।