

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, २ जनाको मृत्यु, १८ जना पक्राउ

ललितपुर । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार राति ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ । ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।
घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।