

भोजपुर दुर्घटनाः यी हुन् ज्यान गुमाउने ८ जना र ९ घाइते (नामसहित)

भोजपुर । धरानबाट भोजपुर आउँदै गरेको जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । धरानबाट छुटेको को १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।
६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ९ जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । घाइतेलाई उपचारका लागि धरान लगिएको छ ।
मृत्यु घटनास्थलमै
१) मान बहादुर बस्नेत- हतुवागढी -२ (चालक)
२) चन्द्रप्रकाश राई- हतुवागढी-२
३) रामकुमारी राई (ममता)- हतुवागढी-५
४) पदमबहादुर थापा- बराहक्षेत्र- ३
५) दिशान राई- हतुवागढी-२ (६ महिनाको)
६) कमला अधिकारी – इटहरी
७) पर्वतमाया राई-हतुवागढी- २
बीपी स्वास्थ्य प्रतिष्ठानमा
८) किसन राई -हतुवागढी-५
घाइते
१) विशेष पराजुली
२) सावित्रा राई
३) मिनु राई
४) शान्तिकला राई
५) सविना परियार
६) गायत्री थापा कटुवाल
७)सुशील परियार
८) कुलबुङ्ग राई
९) निकिता कटुवाल