त्रिकोणात्मक टी–२०ः फाइनलमा नेपाल र पिएनजी आज भिड्दै

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनल आज हुँदैछ । नेपालले फाइनलमा मंगलबार ८५ रनले हराएको पपुवा न्युगिनी (पिएनजी) को सामना गर्दैछ ।

मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो।

मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

शीर्षस्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो।

आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ। आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो।

नेपाल र पिएनजी बिचको फाइनल प्रतिस्पर्धा बिहान ११ बजेर ४५ मिनेटबाट सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *