सेनाका प्रवक्ताको जिम्मेवारी केसीलाई, जर्नेलहरुको जिम्मेवारी हेरफेर, को–कहाँ गए ?



काठमाडौं । नेपाली सेनाको प्रवक्तामा गौरवकुमार केसी तोकिएका छन् । नम्बर ३ बाहिनी अड्डा पोखराका केसीलाई निमित्त निर्देशकको जिम्मेवारीसहित जनसम्पर्क तथा सूचना निर्देशनालयमा खटाइएको छ ।

सेनाले काज नियुक्तिमा १४ जना उच्च अधिकृतहरुको जिम्मेवारी परिवर्तन गरिएको जनाइएको छ । यसअघिका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीलाई निमित्त अभिलेखायपतिको जिम्मेवारीसहित सैनिक अभिलेखमा पुर्याइएको छ ।

सहायक रथीहरुमध्ये अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयका भुवनपूर्ण सत्याललाई नम्बर १९ वाहिनी अड्डामा निमित्त वाहिनीपति, सोही वाहिनीका अनिल सिंहलाई पश्चिम पृतना हेडक्वार्टर र नम्बर २६ वाहिनी अड्डाका सुनिल घलेललाई उपत्यका पृतना हेडक्वार्टर लगिएको छ ।

त्यसैगरी २१ नम्बर वाहिनी अड्डाका धनबहादुर थापालाई पूर्वी पृतना हेडक्वार्टर,नम्बर २३ वाहिनी अड्डाका रोशन खड्कालाई सीमा अनुगमन तथा सर्भे निर्देशनालयमा निमित्त निर्देशक बनाइएको छ ।

सैनिक वार कलेजका रोशन समशेर जबरालाई नम्बर ४ वाहिनी अड्डामा निमित्त वाहिनीपति, सोही वाहिनीका प्रकाश थापालाई सैनिक इन्टेलिजेन्स निर्देशनालयको जिम्मेवारी दिइएको छ ।

उक्त निर्देशनालयका जगतबहादुर पौडेललाई नम्बर २३ वाहिनी अड्डामा निमित्त वाहिनीपतिको जिम्मेवारीसहित सरुवा गरिएको छ । प्रबन्धरथी विभागका महासेनानी शशि किरण रायमाझीलाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, उपत्यका पृतना हेडक्वार्टरका महासेनानी नुरेन्द्र मल्ललाई नम्बर ३ वाहिनी अड्डाको निमित्त वाहिनीपति, उपत्यका पृतना हेडक्वार्टरका महासेनानी अशोक गुरुङलाई नम्बर २६ वाहिनी अड्डामा निमित्त वाहिनीपति र पूर्वी पृतना हेडक्वार्टरका महासेनानी युवधिर मानसिंह अधिकारीलाई नम्बर २१ वाहिनी अड्डाको निमित्त वाहिनीपतिमा सरुवा गरिएको छ ।