होस्टेलभित्रै मृत भेटिएकी शालिनको गरियो अन्तेष्टी, बुवाले दिए दागबत्ती

काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयको छात्रावासभित्र मृत भेटिएकी सालिन पोखरेलको अन्त्यष्टि गरिएको छ ।

पोखरेलको आज दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्यष्टि गरिएको हो। उनको शवलाई उनका बुवाले दागबत्ती दिएका छन् ।

एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया उनी यही फागुन १२ गते बिहान कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

उनको बलात्कार पछि हत्या भएको परिवारले आरोप लगाएका थिए। तर पोख्रेलको पोस्टमार्टम रिपोर्टमा भने उनको बलात्कार नभएको पुष्टी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *