क्वार्टरमै आत्महत्या गरेका डिएसपीको ‘सुसाइड नोट’ फेला, के त छ ‘सुसाइड नोट’मा ?



विराटनगर ।  सशस्त्र डिएसपी उपेन्द्र बस्यालले राशीखुशीले निर्णय लिएको ‘सुसाइड नोट’ फेला परेको छ ।

मोरङस्थित सीमा सुरक्षा गुल्म सोराभागको क्वार्टरको भान्साभित्रै सोमबार झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक (डिएसपी) उपेन्द्र बस्यालको सुसाइड नोटमा उनले उक्त कुरा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

धनपालथान गाउँपालिका–३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति रहेका बस्याल आफ्नै क्वार्टरको भान्साको सिलिङ फ्यानमा प्लास्टिकको डोरी लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।

पाल्पा स्थायी घर भएका बस्यालले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको र कसैलाई दोष नलगाउन उल्लेख गरेको प्रहरीले जनाएको छ ।

स्वर्गीय डिएसपी बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइने तयारी गरेको जानकारी दिए । घटना घटेपछि उनका परिवार विराटनगर आइपुगेको पनि जनाइएको छ ।

२ वर्ष अघि डिएसपी भएका बस्याल सोराभागमा करिब ६ महिनादेखि कार्यरत थिए ।

मृतक बस्यालका श्रीमती र एक सन्तान छन् ।