

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
नयाँ राजनीतिक समीकरण बनेसँगै कांग्रेस प्रतिपक्षमा पुगेको छ । सभापति देउवाले मंगलबार प्रधानमन्त्री प्रचण्डबाट धोका भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए ।