

तेमालका कृषकलाई कृषि यान्त्रीकरण सामाग्री प्रदान

तेमाल । काभ्रेको तेमाल गाउँपालिकाका कृषकहरुलाई कृषिका लागि आवश्यक पर्ने विभिन्न यन्त्रहरु प्रदान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा गाउँपालिका र फुलबारी सहकारीमार्फत संचालित साझेदारिमा आलु पकेट बिकास कार्यक्रम अन्तर्गत विभिन्न कृषि यान्त्रीकरण सामाग्री प्रदान गरी कार्यक्रमको समापन गरिएको थियो ।
साथै उक्त अवसरमा कार्यक्रमका विशेष अतिथि एवं गाउँपालिका उपाध्यक्ष दलमान थोकरसहितका विशिष्ट व्यक्तिहहरुले फिल्डमा रहेका बिउ उत्पादन र आलु उत्पादन कार्यको निरिक्षण समेत गरेका थिए ।