

राष्ट्रपति पौडेल भेट्न शितलनिवास पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल शीतलनिवास पुगेका छन्।
नयाँ सत्ता समीकरणसँगै मन्त्रिपरिषद् हेरफेरको जानकारी दिनका लागि दाहाल शितल निवास पुगेको जनाइएको छ ।
पछिल्लो समीकरणअनुसार नेपाली कांग्रेससँगको गठबन्धन छाडेर माओवादी केन्द्रले नेकपा एमाले, रास्वपा, जसपालगायतसँग गठबन्धन गरेको छ ।
नयाँ गठबन्धनसँगै आजै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका प्रचण्डले आजै नयाँ मन्त्रीहरुलाई सपथ गराउने समेत जनाइएको छ ।