

नयाँ अर्थमन्त्रीको ‘हल्ला’सँगै शेयर बजारमा उछाल, लाग्याे सर्किट

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको समाचार बाहिरिएसँगै सेयर बजारमा सर्किट लागेको छ ।
बजार खुलेको तीन मिनेटमै सर्किट ब्रेक लगेर २० मिनेटका लागि बजार बन्द भएको छ ।
सोमबार बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४.०४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेर २० मिनेटका लागि बजार बन्द भएको हो ।
आज ११ बजेर ३ मिनेटमै ७९.२९ अंकले बढेर ४.०४ प्रतिशतले बढेर सर्किट ब्रेक भएको हो । नयाँ अर्थमन्त्रीमा वर्षमान पुन र विष्णु पौडेलको चर्चा छ ।