

नेपालले गुमायो दोस्रो विकेट, आसिफ र अनिलले गुमाए विकेट

काठमाडौं । आइसीसी लिग २ अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालका अनिल शाह दोस्रो विकेटको रुपमा ७ रन बनाउँदै आउट भए ।
त्यसअघि ओपनर आशिफ शेख १७ रन बनाएर आउट भएका थिए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपाललाई ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ४२ रन जोडेको थियो। तर आसिफ शेख व्यक्तिगत १७ रनमा क्याच आउट भए। राम्रो लयमा देखिएका उनले २७ बलमा १ छक्का र दुई चौका प्रहार गरेका थिए । भिभियान किङमाको बललाई अन साइडमा उठाएर खेल्दा उनी क्याच आउट भएका हुन् ।
नेपाल अहिले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएर खेलिरहेको छ ।
अहिले नेपालका कुशल भुर्तेल र कुशल मल्ल ब्याटिङमा छन् ।