नेपाली सेनामा कायर्रत जवानकी श्रीमतीले चोरेकी थिइन् नाबालिका

विवाह गरेको लामो समयसम्म नभएपछि बच्चा चोरिन्

काठमाडौं । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी प्रकरणमा तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दैलेख नौमुले गाउँपालिका–१, घर भई काठमाडौँ, काँडाघारी बस्ने वर्ष २४ की मनकुमारी सिंहसहित उनका श्रीमान् र दिदीलाई पक्राउ गरिएको हो।

घटना अनुसन्धानका लागि उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । उनका श्रीमान मल्ल नेपाली सेनामा कार्यरत छन् ।

शिशुसहित उनीहरूलाई शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले काँडाघारीबाट पक्राउ गरेको हो ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि ती महिलाले बच्चा चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। काभ्रे घर भई काठमाडौँ बस्दै आएकी सविना श्रेष्ठको २६ दिने शिशु शुक्रबार दिउँसो प्रसुतिगृहबाट चोरी भएको थियो।

शिशुको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार पछि बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *