

सशस्त्र प्रहरीको पोस्टमा आगलागी, हतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट

काठमाडौं । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी)मा आगलागी भएको छ ।
जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटोले बताए ।
उनले भने, ‘आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ । तर सबै हातहतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको छ ।’ दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।
एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको अध्यक्ष भुटोले बताए । कति हातहतियार तथा गोलीगगट्ठा क्षति भयो भन्ने यकिन विवरण अहिलेसम्म आउन नसकेको उनको भनाई छ ।