

नेपाली सेनाले उपत्यकाको सडकमा सोमबार बख्तरबन्द गाडी निकाल्दै

काठमाडौं । नेपाली सेनाले सोमबार राती उपत्यकामा बख्तरबन्द गाडी सडकमा निकाल्ने भएको छ ।
नियमित अभ्यासका लागि सोमबार राति बख्तरबन्द गाडीहरूले काठमाडौं उपत्यकाको चक्रपथ चक्कर लगाउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
त्यस्तै पौड्यालले माघ २१ गते आठ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको पनि उल्लेख गरेका छन् ।
