

प्रेस संगठन नेपालमा सातै प्रदेशको जिम्मेवारी हेरफेर

काठमाडौं । प्रेस सङ्गठन नेपालले विभिन्न प्रदेशका लागि इञ्चार्ज, संयोजक र सहसंयोजक पदमा हेरफेर गरेको छ । सो सङ्गठनको यही माघ ८ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले दिएको कार्यादेशअनुरुप केन्द्रीय संयोजक गणेश बस्नेतले पुनर्गठन गरेका हुन् ।
सङ्गठनको नयाँ जिम्मेवारीअनुसार प्रदेश –१ को इञ्चार्जमा लीलाराज भट्टराई, संयोजकमा गणेश पोखरेल, सहसंयोजकमा हरिकुमार राई र नुतन श्रेष्ठ, प्रदेश–२ मा इञ्चार्ज लालबाबु शेख, सहइञ्चार्जमा ईश्वरी काफ्ले, संयोजकमा फणि महत, सहसंयोजक धर्वेन्द्र झा र किरण कर्ण रहेका छन् ।
यस्तै बागमती प्रदेशमा इञ्चार्ज हिरामान लामा, सहइञ्चार्ज देवचन्द्र भट्ट, संयोजक शरद सापकोटा, सहसंयोजक शिशिर सिंखडा र प्रकाश दाहाल, गण्डकी प्रदेशमा इञ्चार्ज रामकृष्ण शर्मा, सहइञ्चार्ज श्याम कुँवर, संयोजक शुष्मा पौडेल, सहसंयोजक विद्रोही गिरी, सहसंयोजक रुद्र श्रीश मगर चयन भएका छन् ।
लुम्बिनी प्रदेशमा इञ्चार्ज सविन प्रियाशन चौधरी, सहइञ्चार्ज रुद्र सुवेदी, संयोजक शोभाखर पन्थी, सहसंयोजक प्रदीप आचार्य र पार्वती पाण्डे कर्णाली प्रदेशमा इञ्चार्ज वीरबहादुर गिरी, सहइञ्चार्ज विष्णु शर्मा, संयोजक नरेश भण्डारी सहसंयोजक त्रिभुवन बिसी र कालिबहादुर मल्ल भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज हेमन्त पौडेल, संयोजक कृष्ण ओली, सहसंयोजक करण ताम्राकार, काठमाडौँ उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, संयोजक राजीव सिलवाल, सहसंयोजकमा लोकेन्द्र केसी र राजु सुवेदी चयन भएका छन् ।
प्रतिष्ठानमा इञ्चार्ज हरिबल्लभ नेपाल, संयोजक मोहन बाँस्तोला र सहसंयोजक सरोज ढुंगेल तथा एशोसियटमा इञ्चार्ज रामेश्वर कार्की, संयोजक समीर बलामी र सहसंयोजक श्रीहरी थापा चयन भएका छन् । केन्द्रीय सहसंयोजक चयन हुनु बाँकी छ । सङ्गठनले अब जिल्ला समिति पुनःगठन गर्ने र चाँडै केन्द्रीय सदस्य पनि विस्तार गर्ने जनाइएको छ ।