

१३२ रनमा समेटियो नेपाल

काठमाडौं । नेपालले नामिबियालाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरमा जारी आईसीसी विश्वकप लिग–२ को पहिलो खेलमा नेपालले ४१.१ ओभरमा १३२ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले उक्त लक्ष्य दिएको हो ।
नेपालका लागि भीम सार्कीले ४४ रन बनाए भने गुल्सन झाले २१ रन बनाउँदा करण केसीले १६ रन बनाए ।
इनिङको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले बिर्सनलायक प्रदर्शन गर्दै २१ रन बनाउँदा चार विकेट गुमाएको थियो ।
त्यसपछि नेपालका लागि भीम सार्की र कुशल मल्लले इनिङ सम्हाल्ने कोशिस गरे पनि मल्ल १५ रन बनाउँदै आउट भएपछि नेपाल झिनो स्कोरमा समेटिने देखिएको थियो ।
सोही अनुसार नेपालले १३२ रन बनाउँदा सबै विकेट गुमायो ।
नामिबियाका लागि गेहरार्ड इरासमसले ५ विकेट हात पारे ।