

जिल्ला अदालतकै अधिकृत परे बलात्कारको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालतकै एक अधिकृत पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
एक युवतीको जाहेरीका आधारमा शाखा अधिकृत गजमेर पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।