आर्मी, पुलिस र एपीएफः एकैदिन भए सबै च्याम्पियन

काठमाडौं । नेपालको खेलकुदको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका सुरक्षा संगठनले शनिबार सबैले उपाधि हात पारेका छन् ।

प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेलमा काठमाडौंमा नेपाल प्रहरीले आर्मीलाई हराउँदै च्याम्पियन बन्दा उता आहा रारा फुटबलको फाइनलमा पोखरामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई पराजित गर्दै आहा रारा फुटबलको उपाधि हात पार्यो ।

त्यस्तै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिमको कञ्चनपुरमा सम्पन्न फाइनल खेलमा गण्डकी भलिबल टिमलाई पराजित गर्दै उपाधि हात पार्यो ।

नेपालको खेलकुद क्षेत्रमा बलिया मानिएका यी ३ टोलीले उल्लेखनीय प्रदर्शन गर्दै आएका छन् ।

तुलनात्मक रुपमा अन्य क्लबहरु भन्दा बढि सुरक्षित देखिएका यी ३ क्लब देशभित्रका हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *