भारतविरुद्ध जितका लागि नेपालले पायो २९८ रनको लक्ष्य



काठमाडौं । यू–१९ विश्वकपमा नेपालले भारतविरुद्ध जितका लागि विशाल लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान उदय सहरान र सचिन दासको शतकसँगै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाउँदै नेपाललाई २९८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

भारतका लागि सचिन दासले १०१ बलमा ११६ रनको पारी खेले भने कप्तान सहारनले १०० रन बनाए ।

त्यस्तै भारतका लागि आदर्श सिंहले २१ रन बनाउँदा अस्रिन कुलकर्नीले १८ रन बनाए । त्यस्तै प्रियांशु मोलियाले १९ रन बनाउँदा मुसिर खान १२ रनमा नटआउट रहे ।

नेपालका लागि गुल्सन झाले ३ विकेट लिँदा एक विकेट आकाश चन्दले लिए भने एक विकेट रन आउट भए ।