

विश्वकपमा बंगलादेशविरूद्ध ब्याटिङ गर्दै नेपाल, को-को छन् नेपाली टोलीमा ?

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ ।
त्यसैले नेपालको लक्ष्य बिना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।
उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ । नेपाल सुपर सिक्समा २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भए पनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।
नेपालको प्लेइङ ११
अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता ।