

नेपाल आइपुगे बेलायती सेना प्रमुख स्याण्डर्स

काठमाडौं । बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्स नेपाल आएका छन् ।
उनी छ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान आइपुगेका हुन् ।
पोखरामा हुन लागेको परेड कार्यक्रममा सहभागी हुन स्याण्डर्स नेतृत्वको टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै आएको बुझिएको छ ।
पोखरामा आजदेखि गोर्खा रिक्रुट परेडको आयोजना गरिएको छ ।
बेलायती सेना प्रमुखको टोली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।