

ड्युटीमा रहेका प्रहरी जवान डाँगीले गुमाए माइक्रोबसको ठक्करबाट ज्यान

बाँके । माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ मा भे १ ख १६९७ नम्बरको माइक्रो बसले ड्युटीमै रहेका बेला प्रहरी जवान विकास डाँगीले चलाएको लु १ ब २९३६ नम्बरको मोटरसाइकललाई दिँदा उनको मृत्यु भएको हो ।
बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत जवान डाँगीको नेपालगञ्ज नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जनाए ।