प्रहरी जवानद्वय खड्का र शाहीमाथि ड्युटीमै कुटपिट, कोहलपुरमा उपचार हुँदै

रुकुम पश्चिम । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ।

ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

आइतबार साँझ बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, वडा नम्बर –४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२–१३ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्ले बताए।

घाइतेलाई उपचारका लागि आइतबार राति नै जिल्ला अस्पताल सल्ले ल्याइएको र थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ।

प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *