दोस्रो खेलमा पनि नेपाल असफल, पाकिस्तानसँग ५ विकेटले पराजित
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।
विश्वकपको दोस्रो खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट बनाउँदै १९७ रन बनाएको थियो ।
१९८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका अवान अविसले ६३ रन बनाएका थिए । त्यस्तै ओपनर श्यामल हुसेन र शाहजैब खानले ३७/३७ रन बनाएका थिए । उत्कृष्ट सुरुवात गरेको पाकिस्तानले पहिलो विकेट ८० रन बनाउँदा गुमाएको थियो भने लगत्तै ८१ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो । पाकिस्तानका अहमद हसन २९ रनमा आउट भए ।
नेपालका लागि पहिलो ३ विकेट आकाश चन्दले लिएका थिए । भने अन्य दुई विकेट आकाश त्रिपाठी र दिपेश कँडेलले लिएका थिए ।
नेपालका लागि विपीन रावलले सर्वाधिक ३९ रन बनाएका थिए ।
यसअघि जारी विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग पराजित भएको थियो ।
अब नेपालले अन्तिम खेल अफगानिस्तासँग खेल्नेछ । सो खेलमा जित हात पारेमा नेपाल अघिल्लो चरण प्रवेश गर्नेछ । प्रतियोगितामा पाकिस्तान र न्यूजिल्याण्डले खेलेका दुवै खेलमा जित हात पारेका छन् भने अफगानिस्तान र नेपाल दुवै खेलमा पराजित भएका छन् ।