

यू-१९ विश्वकपः नेपालले पाकिस्तानविरूद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । उता पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ ।
नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले आज हारे पनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।