

नेपाली भिसा शुल्क घटाउँदै अमेरिका

काठमाडौं – अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ ।
भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।
गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।
अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।