विश्वकपमा नेपाल आज न्यूजिल्याण्डसँग भिड्दै, कति बेला सुरू हुन्छ खेल ?

काठमाडौं । नेपालले यू-१९ विश्वकप क्रिकेटमा आज न्यूजिल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

नेपाल र न्यूजिल्याण्ड बिचको खेल दक्षिण अफ्रिकामा नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।

यू-१९ विश्वकपमा नेपालको यो न्यूजिल्याण्डसँगको भेट तेस्रो हो । यसअघि नेपालले दुई यू-१९ विश्वकपमा न्यूजिल्याण्डसँग खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो ।

नेपालले यु-१९ विश्वकप अघि दक्षिण अफ्रिकामा ४ वार्मअप अप खेल खेलेको थियो । एक खेल वर्षाले प्रभावित हुँदा ३ खेलमा नेपालले जित हासिल गर्‍यो ।

आइसिसीले सार्वजनिक गरेको प्लेयर टु वाचमा नेपालबाट कप्तान देव खनाल र सिनियर टोलीका समेत सदस्य गुल्सन झासँगै अर्जुन कुमाल र दुर्गेश गुप्ता छन् भने न्यूजिल्याण्डका ज्याक कमिङ, म्याट रो र टम जोन्स समावेश छन् ।

नेपाली टीमः

देव खनाल (कप्तान), आकाश त्रिपाठी, दीपक डुम्रे, अर्जुन कुमाल, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *