

सशस्त्रकी बक्सिङ खेलाडी नीता झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । बक्सिङ खेलाडी नीता गोसाई मृत फेला परेकी छिन् ।
२७ वर्षीया उनी मंगलबार साँझ भक्तपुरस्थित घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
मृतकका परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि एक युवक पक्राउ परेका छन् । ती युवकले दिएको यातनाका कारण घटना भएको मृतकका आफन्तले दाबी गरेका छन् ।
गोसाई ६ वर्षअघिबाट सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन् ।