

सशस्त्रलाई अर्को जिम्मेवारी, अब विमानस्थलको भन्सारमा पनि परिचालन

काठमाडौं । मुलुकको सबैभन्दा कान्छो सुरक्षा निकाय सशस्त्र प्रहरी बल पछिल्लो समयमा मुलुकको भन्सारका साथै महत्वपूर्ण र संवेदनशील स्थानहरुमा खटिइरहेको छ ।
सरकारले पछिल्ला दिनमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै सशस्त्रलाई अर्को संवेदनशील स्थानमा पनि परिचालन गरिएको छ, त्यो हो त्रिभुवन विमानस्थल ।
पछिल्लो समय सुन तस्करी, मानव तस्करीलगायतका घटनाहरु बढ्दै गइरहेको सन्दर्भमा गृहले सशस्त्रलाई विमानस्थलको भन्सारमा पनि जिम्मेवारी दिएको हो ।
गृहमन्त्रालयको पछिल्लो निर्णयअनुसार सशस्त्र प्रहरी बललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।\
सशस्त्रलाई विमानस्थलको भन्सारमा परिचालन गर्नु भनेकाे सशस्त्रप्रति राज्यले गरेको विश्वास मान्न सकिने सशस्त्रका एक पूर्वअधिकारी बताउँछन् ।
विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय विमानस्थल भन्सारको नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ ।
भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी सहयोगीका रुपमा खटाइएको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते यससम्बन्धी निर्णय गरेका थिए ।