

नेपाल प्रहरीका २ इन्स्पेक्टरको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार इन्स्पेक्टर किरण राउत र यज्ञराज जोशीको काज सरुवा गरेको हो ।
कार्यालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा मकवानपुरमा कार्यरत राउतलाई जिल्ला प्रहरी कार्यालय कालिकोट काज सरुवा गरेको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत जोशीलाई प्रहरी वृत्त स्वयम्भु, काठमाडौं काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।