

आजको मौसमः तराईमा बाक्लो हुस्सु, पहाडमा आंशिक बदली

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्नसक्ने छ ।
न्यून भिजिविलिटी हुने भएकाले सवारी साधान चलाउन समस्या हुने गरेको छ । हवाई सेवामा बिहानको समयमा विमान उडान तथा अवतरण न्यून भिजिविलिटी हुँदा प्रभावित हुन्छ । चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।