

कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवन माडीका सापकोटाको मृत्यु

चितवन । चितवनको भरतपुरस्थित क्यान्सर गेट नजिकै कार र मोटरसाईकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक माडी —६ रामराज्यपुर निवासी वर्ष ३४ का सूर्य सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहीबार राति ८ः३० बजेको समयमा सापकोटा सवार बा–०३–००३ प १७७६ नम्बरको मोटसाइकललाई विपरित दिशाबाट आउँदै गरेको २८७५ नम्बरको कारले विपरीत ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक सापकोटालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।