राष्ट्रपति पाैडेलले गर्ने भए जनमोर्चाकी पाैडेललाई राष्ट्रियसभा मनोनित !



काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यबारे पनि सहमति जुटेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा राष्ट्रपतिबाट मनोनित हुने सिटका लागि पनि दलहरुबीच सहमति जुटेको हो ।

राष्ट्रपतिले मनोनीत गर्ने सदस्यमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको छ।

राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।

कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन ।