राष्ट्रियसभाको सिट बाँडफाँडमा सत्ता गठबन्धन निष्कर्षबिहिन, आज फेरी बैठक

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको सत्तासाझेदार दलहरूको बैठक निष्कर्षविहीन भएको छ। बैठक आज बिहान बस्ने छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि कुरा नमिलेको हो।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखकका अनुसार बैठक आज बिहान फेरि बस्नेछ।

राष्ट्रिय सभामा रिक्त सिटभन्दा बढी दाबी गरेका हुन्। उनीहरुको दाबीअनुसार १९ सिटका लागि २६ पुगेको छ। बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका थिए।

सातै प्रदेशमा पुस २३ मा उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *