कांग्रेसले आज राष्ट्रिय सभाका उम्मेदवारहरुको चयन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

बिहीबार नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका थिए।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागी उम्मेदवार बारे  छलफल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *