ललितपुर एसएसपीमा शेखर खनाल

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई खटाएको छ।

गृहमन्त्री स्तरीय निर्णयले शुक्रवार ललितपुर प्रहरी प्रमुखमा एसएसपी खनालको काज सरुवा भएको हो। नेपाल प्रहरीमा व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित खनालले एपी हुँदा धनुषा र गोरखा कमान्ड गरेका थिए।

यस अगाडी बालकुमारीमा दुई जना युवाको मृत्यु भएपछि ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी सिद्धीबिक्रम शाहको नेपाल प्रहरी प्रधान कार्यालयको सुरक्षा महाशाखामा काज सरुवा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *