

तनहुँ उद्योग वाणिज्य संघ सदस्यमा सुनिल अधिकारीको उम्मेदवारी

तनहुँ – तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिको यहि पुस २१ र २२ का दिन १० औं अधिवेशन एवं २२ औं साधारणसभा हुने भएको छ ।
अधिवेशन नजिकिदै गर्दा इकाईका पदाधिकारीका लागि उम्मेद्वारी गर्नेको लहर बढेको छ ।
बजार इकाईको पदाधिकारीको लागि २६ जनाको कार्यसमित रहनेमा २२ जनाको निर्वाचन प्रणालीबाट चयन गरिने व्यवस्था रहेको छ ।
अहिलेसम्म सभापतिमा २ जना राजकुमार श्रेष्ठ ‘राकु’ र राजकुमार श्रेष्ठको नाम चर्चामा रहेको छ भने दमौली बजार इकाई समितिको २८ औं साधारणसभा तथा १२ औं अधिवेशनमा सदस्य पदको उम्मेदवारका लागी सुनिल अधिकारीले पनि उम्मेदवारी दिने भएका छन् ।
उनले सम्पूर्ण मतदातालाई आफ्नो अमूल्य मत प्रदान् गरी बिजयी गराउनु हुन विनम्र अनुरोध गर्दै उम्मेद्वारी घोषणा गरेका हुन् ।