

डिएसपी राईले पाए ललितपुरको ‘अपरेसन कमान्ड’को जिम्मेवारी

काठमाडौं । ललितपुर परिसरका तत्कालिन प्रहरी नायब उपरिक्षक (डिएसपी) उमेश लम्सालको स्थानमा सुधीर राईलाई पठाइएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले राईलाई ‘अपरेसन कमान्ड’को जिम्मेवारीसहित ललितपुर पठाएको हो ।
गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप भएको थियो। दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
त्यसपछि हेडक्वार्टरले डिएसपी लम्साललाई निलम्बन गरेको थियो भने ललितपुर परिसरका बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) लाई हेडक्वार्टर तानेको थियो । प्रधानकार्यालयले एसएसपी सिद्धिविक्रम शाहलाई हेडक्र्वाटर ताने पछि उनको स्थानमा कसलाई पठाउने भन्ने टुंगो भने लागि नसकेको जनाइएको छ ।
ललितपुर परिसरका लागि एसएसपी दिनेश आचार्यको सम्भावना बढी रहेको जनाइए पनि निर्णय भने भइसकेको छैन ।