

आजको राशीः सिंहले नयाँ व्यवसाय सञ्चालन गर्दा अन्यको दिन कस्तो ?

आज पुस २० गते शुक्रबार। पुस कृष्ण नवमी तिथि। पञ्चाङ्ग अतिगंड तैतल चित्रा। जनवरी ५ तारिख। यस्ताे छ तपाईंको राशिफल।
मेष : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
वृष : अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
मिथुन : विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
कर्कट : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।
सिंह : नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
कन्या : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
तुला : रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।
वृश्चिक : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
धनु : प्रशंसकहरू बढ्नेछन् र मानसम्मानसमेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।
मकर : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।
कुम्भ : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
मीन : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरोलाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।