

कांग्रेस सभापति देउवाले दिए प्रदर्शनमा सहभागीलाई बधाई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बिहीबारको प्रदर्शनमा सहभागी भएका देशभरका कार्यकर्ता तथा जनताहरुलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिब्यक्त गरेको देउवाले बताए ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसको आयोजनामा देशभरका ६,७४३ वडाहरुमा आज भएको विरोध प्रदर्शनमा सहभागि हुनुभएका सबैलाई म बधाई तथा आभार व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘गाउँ÷नगर वडा कार्यसमितिका साथीहरूसंगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु । पुस १३, पुस २५ र माघ ३ को प्रदर्शनमाझैं आजको प्रदर्शनमा पनि सामाजिक संजाल मार्फत स्वतस्फूर्त रुपमा सकृय भूमिका निर्वाह गर्ने युवाहरुलाई विशेष बधाई ज्ञापन गर्दछु ।’
साथै विज्ञप्तिमा निरन्तर समाचार सम्प्रेषण गरेर आजको प्रदर्शनमा योगदान पु¥याउनु हुने आदरणीय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गरिएको छ ।
विज्ञप्तिः
