सैनिक श्रीमती संघद्वारा माझी बस्तीमा राहत तथा शिविर सञ्चालन

काठमाडौं । सैनिक श्रीमती संघले सिन्धुपाल्चोकको माझी बस्तीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ को झ्याडी एकिकृत नमूना माझी वस्ती र ईन्द्रावती गाउँपालिका वडा नं ११ को एकिकृत माझी वस्तीका स्थानीयवासिन्दालाई लक्षित गरी चौतारा, साँगाचोक–१४ स्थित झमलादेवी आधारभूत विद्यालय परिसरमा सैनिक श्रीमती सङ्घ (नेपाली सेना) ले राहत वितरण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, श्री नं २६ बाहिनी अड्डाका बाहिनीपतिलगायत सैनिक अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, सैनिक श्रीमती सङ्घको तर्फबाट रोजीना राउत, श्वेताश्री फाउण्डेशनकी अध्यक्ष श्वेता खड्कासहित अन्य पदाधिकारीहरुलगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई ओरेक नेपालको सहकार्य रहेको थियो । उक्त वस्ती भूकम्प पीडित भएपछि अभिनेत्री श्वेता खड्काले निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *