नयाँ बानेश्वर व्यापार व्यवसायी संघको अध्यक्षमा लुइँटेल निर्वाचित

२१ सदस्यीय नयाँ कार्यसमिति चयन



काठमाडौं । नयाँ बानेश्वर व्यापार व्यवसायी संघको साधारण सभा सम्पन्न भएको छ ।

राजधानीमा शनिबार सम्पन्न भएको १४ औं साधारण सभा र ७ औं अधिवेशनबाट आगामी २ वर्षको लागि नयाँ कार्य समिति निर्वाचित भएका छन् ।

No description available.

अधिवेशनबाट नविन लुइँटेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा विक्रम गौतम र विराटप्रकाश मैनाली निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा मीना पाण्डे निर्वाचित भएकी छिन् ।

त्यस्तै सचिवमा प्रदीप घिमिरे विजयी हुँदा कोषाध्यक्षमा विक्रम महत विजयी हुँदा सहसचिवमा शिवलाल न्यौपाने निर्वाचित भएका छन् ।

त्यस्तै सहकोषाध्यक्षमा मोहन फुयाल निर्वाचित भएका छन् । कार्य समितिको सदस्यहरुमा श्रीदेवी शिवाकोटी, रमेश रिमाल, चिरञ्जीवी गौडेल, जगन्नाथ दुलाल, ओमप्रसाद पोखरेल, केशव खनाल, रामचन्द्र श्रेष्ठ, शारदा सापकोटा, उमेश चौलागाईं, विष्णुमाया खरेल, ईश्वर सापकोटा, सुरेश थापा मगर र ज्ञानेन्द्र लिम्बु सेलाङ निर्वाचित भएको नवनिर्वाचित सहसचिव शिवलाल न्याैपानेले जनाए ।

No description available.

No description available.