

हरेक पीडामा दुख्ने मन-ईशा गुरुङ, जसले गरिन् सुजन र वीरेन्द्रको परिवारलाई १/१ लाख दिने घोषणा

काठमाडौं । मनकी रानी अर्थात् सहयोगकी खानी–ईशा गुरुङ । नेपालमा कुनै पनि व्यक्तिलाई दुःख परेको सुन्नै नसक्ने विदेशी भूमिमा काम गरिरहेकी एक नाम हो ईशा गुरुङ ।
नेपालमा जस्तो सुकै घटना, दुर्घटना होस्, त्यसबाट पीडित भएकाहरुको सहयोगका लागि सबैभन्दा पहिला दुख्ने भनेको उनै ईशालाई नै हो ।
हरेक नेपालीका दुःखेको घाउलाई मल्हम लगाउने गरेकी ईशाले शुक्रबार बालकुमारीमा भएको प्रहरी दमनको घटनामा ज्यान गुमाएका दुई होनाहार युवाको परिवारलाई १/१ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेकी छिन् ।
सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय रहँदै बेलायतमा रहेर काम गर्दै आएकी ईशाले सामाजिक सञ्जालमा कसैको दुःख पीडा देख्ने बित्तिकै सार्वजनिक आह्वान नै गरेर सहयोग घोषणा गर्दछिन् ।
उनले पछिल्लो घटनामा मारिएका सुजन राउत र वीरेन्द्र शाहको परिवारलाई केही राहात होस् भने उक्त सहयोग गर्ने घोषणा गरेको पनि सामाजिक सञ्जालमार्फत् नै जनाएकी छिन् ।