

एसएसपी शाह हेडक्वार्टर तानिए, डिएसपी लम्साल र सई निलम्बित

काठमाडौं । जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् ।
शाहसँगै फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र पीएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बनमा परेका छन् ।
बालकुमारीमा शुक्रबार भएको घटनामा दुई युवाको ज्यान गएको थियो भने बहालवाला मन्त्रीको गाडीमा प्रदर्शनकारीले आगो लगाएका थिए ।
बालकुमारी घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहको गोली लागेर र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको थियो ।