

रामपुर र रिप्दिकोटमा २ जना पुरूष मृत अवस्थामा फेला परे

पाल्पा । रिप्दिकोट गाउँपालिका-८ नाखेडाँडा सामुदायिक वनमा सोही गाउँपालिकाका लुमबास बस्ने १८ वर्षीय चेत बहादुर गाहा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाल्पा, रामपुर नगरपालिका-९ जग्वादी बस्ने ६५ बर्षीय ज्योतिमान सार्की सोही ठाउँस्थित चुलडाँडाको भीरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । उनीहरूको शवलाइ पोस्टमार्टम गरी अन्तेष्टीका क्रममा रहेको जनाइएको छ ।
मृतकमध्ये सार्की अत्याधिक मदिरा सेवनपछि भिरबाट लडेर मृत्यु भएको जस्तो देखिएको छ भने गाहाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।