

सेनाले दियो सहायक रथी पोखरेललाई फास्ट ट्रयाकको जिम्मा, हटाइए कमलविक्रम शाह

काठमाडौं । काठमाडौं–तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरिएका छन् ।
निर्माणमा ढिलाई भएको गुनासोबीच नेपाली सेनाले सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुखको जिम्मेवारी दिएको हो ।
सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो ।
पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्। यो आयोजना २०७४ को सुरुमा नेपाली सेनालाई जिम्मा दिइएको थियो ।
७१ किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति २८ प्रतिशत मात्रै छ। निर्माणमा ढिलाइबारे केही दिनअघि संघीय संसद्को संसदीय समितिमा कुरा उठेको थियो ।