

सेनाका प्युठ अर्जुनले गुमाए सैनिक महाविद्यालयमै ज्यान

भक्तपुर । नेपाली सेनाको भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा कार्यरत एक जना प्युठको शंकास्पद मृत्यु भएको छ ।
ईन्द्रबक्स गणमा कार्यरत स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ का ३३ वर्षीय अर्जुन पराजुलीको आफू सुत्ने लाइनको पछाडि बुधबार बिहान मृत अवस्थामा भेटिएका थिए ।
यस प्रकरणमा सैनिक प्रहरीले उक्त महाविद्यालयमा बस्दै आएका महिलाहरुमाथि अनुसन्धान थालेको बताइन्छ ।
पराजुलीको शव भक्तपुर अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको छ ।
घटनाको कारण भने खुल्न बाँकी छ ।