२ मेजरसहित १३ कारबाहीमाः एक मेजरको बढुवा रोक्का हुँदा अर्कालाई सेवाबाट हटाइयो, को-को परे कारबाहीमा ? (नामसहित)

काठमाडौं । जंगी अड्डाले सैनिक आचारसंहिताविपरीतका गतिविधि गर्ने आफ्ना दुई सेनानी ९मेजर० सहित १३ जना कर्मचारीलाई कारबाही गरेको छ ।

नेपाली सेनामा भर्ना भई कर्तव्य निर्वाहका क्रममा सैनिक आचारसंहिताविपरित काम गरेको भन्दै उजुरी परेपछि गठित सैनिक अदालतले गरेका कारबाहीसम्बन्धी फैसलालाई प्रधानसेनापति प्रभुराम शर्माले सदर गरेका हुन् ।

कारबाहीमा पर्नेहरुमध्ये कतिपयलाई सेवाबाटै हटाइएको छ भने कतिपयलाई कैद, बढुवा रोक्काका साथै घटुवा समेत गरिएको छ । सबैभन्दा उच्च पदका मेजर सूर्यबहादुर केसीलाई २ वर्षका लागि बढुवा रोक्काको कारबाही गरिएको छ भने अर्का मेजर विवेक कार्कीलाई भविष्यमा अयोग्य नठरिने गरि सेवाबाटै हटाइएको छ ।

कारबाहीमा पर्नेहरूको नामावलीः

१. मेजर सूर्यबहादुर क्षेत्री

२. मेजर विवेक कार्की

३. सिपाही खेमराज उपाध्याय

४. सिपाही धनबहादुर राई

५. सिपाही अशोक रोका

६. सिपाही नरबहादुर कटुवाल

७. सिपाही राज कोइराला

८. सिपाही कृष्ण पाण्डे

९. अमल्दार दलबहादुर राना

१०. गनर छविलाल भट्टराई

११. गनर सन्तोष राउत

१२. अमलदार भीमकुमार राई

१३. प्युठ मीना न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *